२० वैशाख, काठमाडौं । नेपालको कूटनीतिक इतिहासमा दशकौँदेखि चल्दै आएको ‘करिअर डिप्लोम्याट’ र राजनीतिक भागबन्डाका आधारमा राजदूत नियुक्त गर्ने परम्परा तोड्ने संकेत सरकारले दिएको छ । अब खुला प्रतिस्पर्धामार्फत राजदूत छनोट गर्ने तयारी थालिएको छ ।
सत्तारूढ दलका नेता, पूर्वमन्त्री वा शक्तिकेन्द्र निकट व्यक्तिलाई ‘थ्याङ्क्यु अपोइन्टमेन्ट’ स्वरूप राजदूत बनाउने अभ्यासको विकल्प खोज्दै प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले नयाँ प्रणाली अघि सारेको हो ।
परराष्ट्रमन्त्री शिशिर खनालले विदेश मन्त्रालयका सहसचिवहरूसँगको बैठकमा योजना सार्वजनिक गर्दै प्रधानमन्त्रीसँग यस विषयमा सहमति भइसकेको र छिट्टै सार्वजनिक सूचना जारी गरिने जानकारी दिएका छन् ।
प्रस्तावअनुसार अब रिक्त रहेका वा खाली हुने राजदूत पदका लागि खुला आवेदन आह्वान गरिनेछ । उमेर, अनुभव, शैक्षिक योग्यता, अनुसन्धान तथा प्रकाशित कृतिजस्ता आधारमा उम्मेदवार छनोट गर्ने तयारी छ ।
दलीय भागबन्डाका कारण नेपालको कूटनीतिक मर्यादा कमजोर भएको आलोचना भइरहेका बेला सरकारले अघि सारेको ‘मेरिटोक्रेसी’ आधारित अवधारणालाई राजनीतिक तथा कूटनीतिक वृत्तले चासोपूर्वक हेरिरहेको छ ।
लेखकको बारेमा

प्रतिक्रिया