नेपाली कांग्रेस र नेकपा एमालेले प्रदेश सरकारमा नयाँ सत्ता समीकरणका लागि नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सहकार्यको प्रस्ताव गरेका छन्।
स्रोतका अनुसार कांग्रेस सभापति गगनकुमार थापा र एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई प्रदेश सरकारमा मिलेर अघि बढ्ने प्रस्ताव राखेका हुन्।
हाल मधेश प्रदेशबाहेक अन्य ६ प्रदेशमा कांग्रेस–एमाले गठबन्धन सरकार सञ्चालनमा छन्। २०८१ असार १७ गते भएको सात बुँदे सहमतिपछि संघीय र प्रदेश सरकारमा दुवै दलबीच सहकार्य सुरु भएको थियो।
तर पछिल्लो राजनीतिक घटनाक्रमपछि कांग्रेस र एमाले दुवैले नयाँ राजनीतिक विकल्प खोज्न थालेका छन्। कांग्रेसमा नेतृत्व परिवर्तन भइसकेको छ भने एमालेमा ओली नै नेतृत्वमा कायम छन्।
स्रोतका अनुसार प्रचण्डले दुवै दलबाट आएको प्रस्तावबारे पार्टीभित्र छलफल गरिरहेका छन्। उनले कुनै एक दल बाहिरिनेभन्दा सबै दल समेटिने सर्वदलीय सरकार उपयुक्त हुने धारणा राखेका छन्।
नेकपाका एक नेताका अनुसार तीन ठूला दलसँगै मधेश केन्द्रित दलहरूको सहभागितामा सरकार बनाउने विकल्पमा समेत छलफल भइरहेको छ।
यस्तै, नेकपाभित्र एमालेसँगको सहकार्य स्वाभाविक हुने मत पनि बलियो बन्दै गएको बताइएको छ। प्रदेश सरकारबाट सहकार्य सुरु गर्दै भविष्यमा पार्टी एकीकरणसम्म पुग्ने सम्भावनाबारे समेत नेताहरूबीच छलफल भइरहेको स्रोतले जनाएको छ।
लेखकको बारेमा

प्रतिक्रिया