सरकारी लगानी रहेका सबै बैंकका अध्यक्षहरूले पदबाट राजीनामा दिएका छन्।
सरकारले सार्वजनिक संस्थामा राजनीतिक नियुक्ति लिएका व्यक्तिहरूलाई पदमुक्त गर्ने निर्णय गरेपछि बैंकका अध्यक्षहरूले सामूहिक रूपमा राजीनामा दिएका हुन्।
अर्थ मन्त्रालय स्रोतका अनुसार राष्ट्रिय वाणिज्य बैंकका अध्यक्षसहित सम्पूर्ण सञ्चालकले राजीनामा दिएका छन्। यस्तै, कृषि विकास बैंक र नेपाल बैंकमा भने अध्यक्षहरूले मात्र पद त्याग गरेका छन्।
राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक देवकुमार ढकाल रहेका थिए। बैंकका सञ्चालकमा थानप्रसाद पँगेनी, लक्ष्मण घिमिरे, प्रा. डा. रामप्रसाद ज्ञवाली, रोमिला ढकाल उप्रेती, डा. सूर्यबहादुर राना र हरिकुमार सिलवाल रहेका थिए।
त्यसैगरी कृषि विकास बैंकका अध्यक्ष डिमप्रसाद पौडेल तथा नेपाल बैंकका अध्यक्ष प्रा. डा. डिल्लीराज शर्माले पनि राजीनामा दिएका छन्।
सरकारले ल्याएको अध्यादेशले नेपाल राष्ट्र बैंक र सरकारी बैंकहरूमा प्रत्यक्ष बाध्यता नपारे पनि अध्यक्ष तथा सञ्चालकहरूले सरकारको नीतिप्रति समर्थन जनाउँदै स्वेच्छिक रूपमा राजीनामा दिएको बताइएको छ।

प्रतिक्रिया