+
Search

ताजा अपडेट +

पपुलर +

जेनजी आन्दोलनमा हराएको २५५ राउन्ड गोली बनेपामा फेला

नियो खबर
२०८३ बैशाख २५, शुक्रबार

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा हराएको २५५ राउन्ड गोली नेपाल प्रहरीले फेला पारेको छ।

प्रहरीका अनुसार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ स्थित सडक छेउको नालामा बेवारिसे अवस्थामा बाकसमा राखिएको गोली बरामद गरिएको हो।

फेला परेको गोलीमध्ये एसएलआर बन्दुकको २३१ राउन्ड र ३०३ राइफलको २४ राउन्ड रहेको प्रहरीले जनाएको छ।

बरामद गरिएको गोली हाल इलाका प्रहरी कार्यालय बनेपामा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको नेपाल प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

नियो खबर