काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन वैशाख २८ गते सोमबार दिउँसो २ बजेका लागि आह्वान गरेका छन्।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकको सिफारिसअनुसार नेपालको संविधानको धारा ९३(१) बमोजिम अधिवेशन बोलाइएको राष्ट्रपति कार्यालयले जनाएको छ।
प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक सिंहदरबारस्थित संघीय संसद् भवनमा बस्नेछ।
यो अधिवेशन बजेट अधिवेशनका रूपमा सञ्चालन हुनेछ। संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गतेभित्र वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने भएकाले त्यसअघि सरकारको नीति तथा कार्यक्रम पेश गरिनेछ। साथै बजेटका सिद्धान्त र प्राथमिकतामाथि व्यापक छलफल हुने मुख्य कार्यसूची रहनेछ।

प्रतिक्रिया