काठमाडौं । स्मार्ट टेलिकम का प्रबन्ध निर्देशक सर्वेश जोशी लाई प्रहरीले पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को टोलीले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी आरोपमा उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार जोशीलाई सोमबार काठमाडौं महानगरपालिका–२ स्थित खुर्सानीटार क्षेत्रबाट पक्राउ गरिएको हो।
अनुसन्धानका क्रममा स्मार्ट टेलिकमसँग सम्बन्धित सम्पत्तिको दुरुपयोग गरी सरकारी हितविपरीत काम भएको आशंकामा उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया