+
Search

ताजा अपडेट +

पपुलर +

पाल्पा सिमेन्ट इण्डष्ट्रिज को शेयरमा गिरावट: उच्च बिन्दुबाट लगातार ओरालो, ८८० रुपैयाँमा कारोबार

नियो खबर
२०८३ बैशाख २२, मंगलवार
काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रिज को शेयरमूल्य लगातार ओरालो लागिरहेको छ। नेप्सेमा सूचीकृत भई गत चैत २७ गतेदेखि कारोबार सुरु गरेको कम्पनीको शेयर मूल्य पछिल्ला चार कारोबार दिनदेखि निरन्तर घट्दो क्रममा देखिएको हो। सुरुआतमा प्रतिकित्ता ३०० रुपैयाँबाट कारोबार थालेको कम्पनीको शेयर ११ कार्यदिनसम्म लगातार उकालो लाग्दै वैशाख १४ गते १११७.१० रुपैयाँसम्म पुगेको थियो। तर त्यसपछि भने मूल्यमा गिरावट सुरु भएको छ। वैशाख १५ गते १०३९ रुपैयाँमा झरेको शेयर १६ गते ९८५.१० रुपैयाँमा कायम भयो भने १७ गते थप घटेर ९४८ रुपैयाँमा झर्यो। बीचमा तीन दिन बिदा परेपछि वैशाख २१ गते कारोबार खुल्दा समेत मूल्य घटेर ८८८ रुपैयाँमा आइपुगेको छ। हालसम्मको कारोबार हेर्दा आज पनि गिरावट जारी रहेको छ र कम्पनीको शेयरमूल्य करिब ८८० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

नियो खबर