शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश दिएको छ। थुनामा राख्न नहुने भन्दै अदालतले निर्देशन दिएको हो।
शेखर गोल्छाकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सर्वोच्चले सुनुवाइ गरेको थियो। सोही क्रममा यस्तो आदेश आएको हो।
अदालतले धरौटी वा जमानतमा छाड्न सकिने अवस्था हुँदा थुनामा राखिएको भन्दै असन्तुष्टि जनाएको छ। अनुसन्धान अधिकारीले लिएको थुनामा राख्ने अनुमति प्रक्रिया पनि खारेज गरिएको छ।
न्यायाधीशहरू महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको इजलासले यो आदेश दिएको हो।
उनी गत ११ वैशाखमा पक्राउ परेका थिए। नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा उनलाई पक्राउ गरिएको थियो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले थप अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया