भङ्गहा नगरपालिकामा ७३ परिवारलाई आज नयाँ घर हस्तान्तरण!
बाढीपीडितका लागि ठूलो राहत, जीवन फेरि नयाँ सुरुवाततर्फ 🚨
भङ्गहा नगरपालिका, महोत्तरीमा बाढीबाट प्रभावित ७३ परिवारलाई आज नयाँ घर हस्तान्तरण गरिएको छ।
गत असोज १९ र २० गते रातो खोलामा आएको बाढीले घरवारविहीन बनाएका परिवारहरूलाई सुरक्षित आवास उपलब्ध गराइएको हो।
गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोग र दलित समाज उत्थान समिति नेपालको साझेदारीमा घर निर्माण गरिएको हो।
एकीकृत सामुदायिक विकास परियोजनाअन्तर्गत निर्माण भएका यी घरहरू औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।
मुख्य विवरणहरू:
१. कुल ७३ घर बाढीपीडित परिवारलाई हस्तान्तरण
२. ९ वडामा घर निर्माण (१ देखि ९ सम्म विभिन्न संख्या)
३. कुल लागत: १ करोड १ लाख ७१ हजार ५७४ रुपैयाँ
४. प्रत्यक्ष रूपमा ३७५ जना लाभान्वित
कार्यक्रममा नगर प्रमुख सञ्जीवकुमार साहले सहयोगी संस्थाप्रति आभार व्यक्त गर्दै शिक्षा, स्वास्थ्य र सामाजिक विकासमा निरन्तर सहकार्यको अपेक्षा गरेका छन्।

प्रतिक्रिया