+
Search

ताजा अपडेट +

पपुलर +

रसुवामा १९ लाख रुपैयाँसहित एक जना पक्राउ

नियो खबर
२०८३ जेष्ठ २४, आईतवार

रसुवाको गोसाईकुण्ड गाउँपालिका–६ धुन्चे बजारबाट प्रहरीले स्रोत नखुलेको ठूलो रकमसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

शनिबार पासाङ ल्हामु राजमार्ग क्षेत्रमा नियमित चेकजाँचका क्रममा उनलाई पक्राउ गरिएको हो।

प्रहरीले गोसाईकुण्ड गाउँपालिका–३ का ३५ वर्षीय मिङमार छिरिङ गुरुङलाई नियन्त्रणमा लिएको जनाएको छ। उनी स्याफ्रुवेशीबाट काठमाडौंतर्फ जाँदै गरेको भाडाको सुमो गाडीमा सवार थिए।

जाँचका क्रममा उनको झोलाबाट १९ लाख ५२ हजार १०० रुपैयाँ नगद फेला परेको प्रहरीले जनाएको छ।

उक्त रकममध्ये १ हजार दरका १,८४५ थान नोट, ५०० दरका २१३ थान नोट र १०० दरका ६ थान नोट रहेको प्रहरीको विवरणमा उल्लेख छ।

प्रहरीका अनुसार रकमको स्रोत खुलाउन नसकेपछि उनलाई हुण्डी कारोबारसँग सम्बन्धित आशंकामा नियन्त्रणमा लिइएको हो। घटनाबारे थप अनुसन्धान जारी छ। साथै, जिल्ला अदालत रसुवाबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

नियो खबर