रुपन्देहीस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल को आन्तरिक टर्मिनलबाट स्रोत नखुलेको ठूलो रकमसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
शनिबार दिउँसो सुरक्षा जाँचका क्रममा उनलाई नियन्त्रणमा लिइएको हो।
भारतको आन्ध्र प्रदेशस्थित प्रकाशम घर भएका ५९ वर्षीय भीम श्रीनिवासलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनको झोलाबाट ७ लाख ९५ हजार भारतीय रुपैयाँ बरामद भएको हो।
प्रहरीका अनुसार उनी Buddha Air को उडानमार्फत काठमाडौं जान लागेका थिए। जाँचका क्रममा उक्त नगद फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको हो।

प्रतिक्रिया