+
Search

ताजा अपडेट +

पपुलर +

एमालेमा शक्ति संघर्ष: ओली–पोखरेल मतभेद बढ्यो

नियो खबर
२०८३ जेष्ठ २२, शुक्रबार

गत २१ फागुनको निर्वाचनमा पराजयपछि नेकपा एमालेभित्र आन्तरिक शक्ति–संघर्ष तीव्र बनेको छ।

पार्टीका शीर्ष नेताहरूले नेतृत्व र पुनर्गठनबारे फरक–फरक धारणा सार्वजनिक गरेका छन्।

उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको निष्कर्षभन्दा भिन्न मत राख्दै पार्टीमा आमूल परिवर्तन आवश्यक रहेको बताएका छन्। उनीहरूले यथास्थितिमा एमाले चल्न नसक्ने भन्दै पुनर्गठनमा जोड दिएका छन्।

महासचिव पोखरेलले कार्यशालामा कार्यकर्तासँग जोडिने नेताहरूलाई दोहोरो कुरा नगर्न निर्देशन दिएका छन्। उनले यथार्थ कुरा नेतृत्वलाई स्पष्ट रूपमा राख्नुपर्ने बताएका छन्।

उपाध्यक्ष पौडेलले पनि चुनावपछि नै एमालेमा कमजोरी भएको भन्दै निर्मम समीक्षा र पुनर्गठन आवश्यक रहेको धारणा राखे। तर अध्यक्ष ओलीले भने पार्टी पुनर्गठनको सट्टा समीक्षा आन्तरिक प्रक्रिया भएको बताउँदै नेतृत्व नछोड्ने अडान दोहोर्याए।

ओलीले अनुशासन उल्लंघन भए कारबाही हुने चेतावनीसमेत दिएका छन्। यसैबीच नेताहरूबीच पुनर्गठन र नेतृत्व परिवर्तनबारे बहस झन् तीव्र बनेको छ।

कार्यशालामा अधिकांश नेताले पार्टी पुनर्गठनको पक्षमा धारणा राखेको बताइएको छ। अब कार्यदलको प्रतिवेदनपछि एमालेको आन्तरिक संघर्ष थप निर्णायक बन्ने देखिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

नियो खबर