त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपति नियुक्तिका लागि १० जना उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिएको छ।
उपकुलपति सिफारिस समितिले शुक्रबार सार्वजनिक गरेको सूचीमा अमर प्रसाद यादव, कवि प्रसाद पौडेल, कृष्णराज आचार्य, गोविन्द सुवेदी, टंकनाथ धमला, ताराप्रसाद भुसाल, दुर्गादत्त पौडेल, नन्दबहादुर सिंह, भोला थापा र रामप्रसाद रेग्मी रहेका छन्।
सूचीमा परेका भोला थापा भोला थापा काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति हुन् भने नन्दबहादुर सिंह नन्द बहादुर सिंह मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति हुन्।
त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदका लागि कुल ५० जनाले आवेदन दिएका थिए। तीमध्येबाट छनोट गरी १० जनाको संक्षिप्त सूची तयार गरिएको हो। अब यही सूचीबाट एक जना उम्मेदवारलाई त्रिभुवन विश्वविद्यालयको नयाँ उपकुलपतिका रूपमा नियुक्त गरिनेछ।

प्रतिक्रिया