भेरी नदीमा डुबेर १३ वर्षीय बालकको मृत्यु
जाजरकोट । भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा जाजरकोट भेरी नगरपालिका–११ मटेलाका १३ वर्षीय अनिष गिरी रहेका छन्।
घटना बुधबार दिउँसो साढे ३ बजेतिर भएको हो। उनी पौडी खेल्ने क्रममा भेरी नदीमा डुबेका थिए।
यसपछि, बालक डुबेको खबर पाएलगत्तै प्रहरी परिचालन गरिएको थियो। प्रहरी चौकी मटेलाबाट टोली घटनास्थलमा पुगेको थियो।
प्रहरी सहायक निरीक्षक बमबहादुर थापाको कमाण्डमा गएको टोलीले स्थानीयको सहयोगमा उद्धार गरेको हो।
तर, उद्धारपछि बालकलाई बचाउन सकिएन। उनलाई मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।
हाल, घटनाबारे थप अनुसन्धान भइरहेको छ। साथै, नदी क्षेत्रमा सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ।

प्रतिक्रिया