+
Search

ताजा अपडेट +

पपुलर +

बालेन, वाग्ले र रविबीच मध्यरातिसम्म गोप्य छलफल

नियो खबर
२०८३ जेष्ठ १३, बुधबार

Balen Shah, Swarnim Wagle र Rabi Lamichhane बीच गएराति सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा करिब चार घण्टा लामो गोप्य छलफल भएको बताइएको छ। स्रोतका अनुसार साँझ ६ बजेदेखि सुरु भएको बैठक राति १० बजेसम्म चलेको थियो।

कार्यव्यस्तता तथा सञ्चारकर्मीहरूको चापका कारण बैठक साँझपछि मात्रै सुरु गरिएको जनाइएको छ। बैठक कसको पहलमा बसेको हो भन्ने विषय भने खुल्न सकेको छैन।

सामान्यतया पार्टी नेतासहित अन्य व्यक्तिसँग भेटघाट गर्न कम रुचि देखाउने प्रधानमन्त्री बालेन्द्र शाहले मध्यरातिसम्म गोप्य छलफल गर्नु अर्थपूर्ण रूपमा हेरिएको छ। सरकार गठन भएको दुई महिना नपुग्दै सरकार चौतर्फी आलोचनामा परेको छ भने संसदमा पनि दबाब बढिरहेको अवस्था छ।

सुकुम्बासी बस्ती हटाउने क्रममा भएको घटनामा दुई जनाले आत्महत्या गरेको विषयलाई लिएर सरकारको आलोचना भइरहेको छ। उक्त घटनाले अन्तर्राष्ट्रिय चासोसमेत बढाउन सक्ने विश्लेषण भइरहेको छ।

स्रोतका अनुसार बैठकमा पछिल्ला दिनमा प्रधानमन्त्री शाहका गतिविधिका कारण Rastriya Swatantra Party ले भोगिरहेको राजनीतिक दबाबबारे सभापति रवि लामिछानेले स्पष्ट धारणा राखेको हुनसक्ने बताइएको छ। सरकारका कामको सार्वजनिक रूपमा प्रतिरक्षा गर्दै आएको पार्टीले आन्तरिक रूपमा भने असन्तुष्टि व्यक्त गरेको अनुमान गरिएको छ।

त्यसैगरी, लामिछानेको आसन्न भारत भ्रमण र संसदमा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विपक्षी दलहरूले गरिरहेको विरोधबारे पनि सामान्य छलफल भएको स्रोतको दाबी छ। यद्यपि बैठकका आधिकारिक विवरण भने सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया

लेखकको बारेमा

नियो खबर