सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री Sher Bahadur Deuba र उनकी पत्नी Arzu Rana Deuba लाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले उक्त अन्तरिम आदेश दिएको हो।
गत वैशाख १८ गते जारी अध्यादेशअनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अनुसन्धान गरिएका मुद्दाहरू विशेष अदालतमा दर्ता हुने व्यवस्था गरिएको छ।
तर, विशेष अदालतको सट्टा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको विषयलाई लिएर सर्वोच्च अदालतले जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जीका आधारमा देउवा दम्पतीलाई पक्राउ नगर्न तथा नगराउन अन्तरिम आदेश दिएको हो।

प्रतिक्रिया