प्रधानमन्त्री बालेन शाहले यस वर्षको गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन नगर्ने भएका छन् । उनले यसबारे राष्ट्रपति कार्यालयलाई जानकारी गराइसकेका छन् ।
हरेक वर्ष गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै आएको छ । उक्त कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहने गर्दछ । परम्पराअनुसार प्रधानमन्त्रीले समारोहलाई सम्बोधन गर्ने प्रचलन छ ।
तर सार्वजनिक समारोहमा कमै देखिने बालेन शाहले यसपटक पनि सम्बोधन नगर्ने निर्णय गरेका हुन् । स्रोतका अनुसार उनले राष्ट्रपतिलाई नै सम्बोधन गर्न अनुरोध गर्दै पत्र पठाएका छन् ।
मन्त्रिपरिषद्को निर्णयअनुसार गणतन्त्रको प्रतीक राष्ट्रपतिलाई मानिने भएकाले यस वर्ष गणतन्त्र दिवस समारोहमा राष्ट्रपतिले सम्बोधन गर्ने तयारी गरिएको बताइएको छ ।

प्रतिक्रिया