+
Search

ताजा अपडेट +

पपुलर +

नक्कली नेपाली नोटसहित १९ वर्षीय युवक पक्राउ

नियो खबर
२०८३ जेष्ठ १०, आईतवार
ललितपुरको लगनखेलबाट प्रहरीले नक्कली नेपाली नोटको कारोबारमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । लगनखेल बसपार्क नजिक नक्कली नोटको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सिराहाको लहान नगरपालिका–१५ घर भई हाल काठमाडौं महानगरपालिका–१४ कलंकी बस्दै आएका १९ वर्षीय सुरज राई रहेका छन् । प्रहरीले उनको साथबाट १६ थान नक्कली नेपाली नोट बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रका अनुसार बरामद सबै नोटमा एउटै नम्बर ‘ज/१३ ६८६४२७’ उल्लेख रहेको पाइएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको तथा यस सञ्जालमा अन्य व्यक्तिको संलग्नता भए/नभएको विषयमा पनि खोजी भइरहेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

नियो खबर