काठमाण्डुबाट बाहिरिने लामो दूरीका बसमा जेठ १५ देखि यात्रुको झोलामा विशेष ट्याग लगाइने व्यवस्था सुरु गरिने भएको हो। यात्रुले पाउने ट्याग नम्बर र बसमा राखिएको सामानको नम्बर मिलाएर मात्रै गन्तव्यमा सामान बुझाइनेछ।
यात्रुको सामान हराउने, साटिने तथा चोरी हुने समस्या रोक्न काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसायी महासङ्घबीच शुक्रबार औपचारिक सम्झौता भएको छ।
प्रहरी र यातायात व्यवसायीका अनुसार नयाँ प्रणालीले सार्वजनिक यातायातलाई थप सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउन मद्दत गर्ने विश्वास गरिएको छ। आगामी दिनमा QR Code तथा डिजिटल रेकर्ड प्रणालीसमेत जोड्ने तयारी रहेको बताइएको छ।

प्रतिक्रिया