+
Search

ताजा अपडेट +

पपुलर +

विराटनगरको न्यू युरो किड्स स्थानान्तरणबारे गलत सूचना फैलाइएको दाबी

नियो खबर
२०८३ बैशाख २३, बुधबार

विराटनगरको दुर्गा चोकमा सञ्चालनमा रहेको न्यू युरो किड्स प्रि-प्राइमरी स्कुलले पछिल्लो विवादबारे आधिकारिक स्पष्टिकरण जारी गरेको छ।

विद्यालयले २०७९ फागुन ७ गते स्थापना भएदेखि नै नाफाभन्दा समाज सेवामा केन्द्रित भएर गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको जनाएको छ।

विद्यालयद्वारा जारी सूचनामा सरस्वती पूजाको अवसरमा तत्कालीन प्रिन्सिपल डली अग्रवाल गोल्छा र को-अर्डिनेटर तारा कार्कीले आफ्नो जिम्मेवारी विपरीत “युरो किड्स वर्ल्ड” नामक नयाँ विद्यालय सञ्चालन गरेको आरोप लगाइएको छ।

विद्यालय व्यवस्थापनका अनुसार उनीहरूले औपचारिक रूपमा राजीनामा नदिई अभिभावक, विद्यार्थी तथा शिक्षकहरूलाई विद्यालय स्थानान्तरण भएको भन्दै गलत सूचना फैलाएका थिए।

शैक्षिक सत्रकै बीचमा गरिएको यस्तो गतिविधिलाई विद्यालयले गैरजिम्मेवारपूर्ण कदमको संज्ञा दिएको छ। यसबाट विद्यार्थीहरूको पढाइ र भविष्यमा नकारात्मक असर परेको विद्यालयको भनाइ छ। साथै, यस्ता कार्य कानुनी कारबाहीको दायरामा पर्ने चेतावनी समेत दिइएको छ।

विद्यालयले हाल नयाँ व्यवस्थापन टिममार्फत सञ्चालन भइरहेको जानकारी दिँदै राज्य लक्ष्मी गोल्छाको नेतृत्वमा विद्यालयलाई अगाडि बढाइएको उल्लेख गरेको छ। साथै, सम्पूर्ण शिक्षकहरूको साथ र सहयोग प्राप्त भइरहेको विद्यालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

नियो खबर