+
Search

ताजा अपडेट +

पपुलर +

समस्याग्रस्त सहकारीका ठूला ऋणीलाई अन्तिम चेतावनी, नामावली सार्वजनिक

नियो खबर
२०८३ बैशाख २३, बुधबार

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित सहकारी संस्थाका ठूला ऋणीहरूलाई ऋण तिर्न अन्तिम चेतावनी दिएको छ।

बुधबार बसेको समितिको बैठकले समस्याग्रस्त घोषित २० सहकारीमध्ये १० वटा सहकारीका ठूला ऋणीहरूको नामावली सार्वजनिक गर्ने निर्णय गरेको हो। समितिले ती ऋणीहरूलाई तत्काल कार्यालयमा सम्पर्क गरी आफ्नो दायित्व पूरा गर्न निर्देशन दिएको छ।

समितिद्वारा जारी सूचनामा तोकिएको समयभित्र ऋण चुक्ता नगरे प्रचलित कानुनअनुसार कडा कारबाहीसहित असुली प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ।

बचतकर्ताको अर्बौँ रुपैयाँ जोखिममा परेपछि सरकारले ती सहकारीहरूलाई समस्याग्रस्त घोषणा गर्दै सम्पत्ति तथा दायित्व व्यवस्थापनको जिम्मेवारी समितिलाई दिएको थियो।

कार्यालयले हाल १० सहकारीका ठूला ऋणीहरूको विवरण सार्वजनिक गरेको भए पनि अन्य ऋणीहरूको नामावली समेत क्रमशः सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ। नाम सार्वजनिक हुन बाँकी रहेका ऋणीहरूलाई समेत समयमै उपस्थित भएर ऋण राफसाफ गर्न आग्रह गरिएको छ।

सहकारी क्षेत्रमा देखिएको संकट समाधान गरी बचतकर्ताको रकम फिर्ता गराउने उद्देश्यले सरकारले ऋणीहरूबाट असुली प्रक्रिया तीव्र बनाएको हो। यसअघि पटक–पटक ताकेता गर्दा पनि केही प्रभावशाली ऋणीहरूले रकम भुक्तानीमा आलटाल गर्दै आएका थिए। अब भने नामावली सार्वजनिक गर्दै कानुनी कारबाहीलाई थप कडाइ गरिने संकेत समितिले दिएको छ।

हेर्नुहोस् ठूला ऋणीहरूको नामावली

सूचना

प्रतिक्रिया

लेखकको बारेमा

नियो खबर