+
Search

ताजा अपडेट +

पपुलर +

चितवन मेडिकल कलेज ले हेटौंडामा २ अर्ब लगानीमा नयाँ अस्पताल बनाउने

नियो खबर
२०८३ बैशाख २२, मंगलवार
२२ वैशाख, चितवन । चितवन मेडिकल कलेज ले मकवानपुरको हेटौंडा मा नयाँ अस्पताल निर्माण सुरु गरेको छ। हेटौंडा उपमहानगरपालिका–४ मा बन्ने ‘सीएमसी हेटौंडा’ अस्पतालको शिलान्यास सम्पन्न भएको हो। अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रताप देवकोटा का अनुसार करिब २ अर्ब रुपैयाँको लगानीमा निर्माण हुने उक्त अस्पताल एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। १९ कठ्ठा क्षेत्रफलमा बन्ने अस्पताल १०० शय्याको हुनेछ। अस्पतालमा आकस्मिक सेवा, सिटी स्क्यान, आईसीयू, एनआईसीयू, पीआईसीयू, मोडुलर अपरेशन थिएटर, क्याथ ल्याब लगायतका अत्याधुनिक सुपरस्पेसलिष्ट सेवाहरू सञ्चालन गरिने बताइएको छ। हेटौंडा बागमती प्रदेशको राजधानी भएकाले मकवानपुरसहित बारा, पर्सा, रौतहट, सर्लाही, सिराहा लगायत मधेश क्षेत्रका बिरामीलाई सहज उपचार सेवा उपलब्ध गराउने उद्देश्यले यो अस्पताल स्थापना गर्न लागिएको देवकोटाले बताए। उनका अनुसार बिरामीहरूलाई उपचारका लागि चितवन वा काठमाडौं जानुपर्ने बाध्यता घटाउने लक्ष्य राखिएको छ। साथै, चितवन मेडिकल कलेजको पहिलो शाखाका रूपमा यस अस्पताललाई विस्तार गर्दै आगामी दिनमा विभिन्न क्षेत्रमा स्याटेलाइट अस्पताल खोल्ने योजना रहेको छ। अस्पताल सञ्चालनमा आएपछि स्वास्थ्य क्षेत्रमा रोजगारी सिर्जना हुने र स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। हाल चितवन मेडिकल कलेजले हेटौंडामै ‘सीएमसी चुरे हिल’ अस्पताल सञ्चालन गरिरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

नियो खबर