+
Search

ताजा अपडेट +

पपुलर +

तीन कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा दिए आवेदन

नियो खबर
२०८३ बैशाख २१, सोमबार

काठमाडौंमा नेपाल धितोपत्र बोर्डमा तीन वटा कम्पनीले आईपीओ निष्कासनका लागि आवेदन दिएका छन्। डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस लिमिटेड, भगवती स्टिल इन्डस्ट्रिज लिमिटेड र एशियन कन्क्रिटो लिमिटेड ले साधारण शेयर निष्कासनको अनुमति माग गर्दै आवेदन दर्ता गराएका हुन्।

डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउसले १६ लाख २० हजार कित्ता शेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ भने एशियन कन्क्रिटो लिमिटेडले १० लाख ६२ हजार ५ सय कित्ता शेयरका लागि आवेदन दिएको छ। त्यस्तै, भगवती स्टिल इन्डस्ट्रिज लिमिटेडले प्रिमियम मूल्यमा १५ लाख कित्ता शेयर निष्कासन गर्न प्रस्ताव गरेको छ। कम्पनीले प्रति शेयर २ सय ३३ रुपैयाँ (प्रिमियमसहित) मा शेयर जारी गर्ने योजना अघि सारेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

नियो खबर