काठमाडौंमा नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदका लागि आवेदन दिने अन्तिम दिनसम्म उल्लेख्य संख्यामा उम्मेदवारी परेको छ। अर्थ मन्त्रालय स्रोतका अनुसार साँझ ५ बजेसम्म ४७ जनाभन्दा बढीले आवेदन दिएका छन्, जसले पदप्रति उच्च प्रतिस्पर्धा देखाएको छ।
मन्त्रिपरिषद्को निर्णयअनुसार गुणाकर भट्ट को संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरिएको छ। समितिमा घनश्याम उपाध्याय र भुवनकुमार दाहाल सदस्यका रूपमा रहेका छन्।
अर्थ मन्त्रालयअन्तर्गत वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारस्थित सचिवालयमा इच्छुक उम्मेदवारहरूले अन्तिम दिनसम्म आवेदन बुझाउने क्रम जारी रहेको जनाइएको छ।
धितोपत्रसम्बन्धी ऐनअनुसार अध्यक्ष पदका लागि आवेदन दिन चाहने व्यक्तिले मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था छ। साथै पुँजी बजार, धितोपत्र व्यवस्थापन, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा ७ वर्षको कार्यानुभव अनिवार्य गरिएको छ।

प्रतिक्रिया