+
Search

ताजा अपडेट +

पपुलर +

सर्वोत्तम पेन्ट्सको आईपीओ खुला: वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि अवसर

नियो खबर
२०८३ बैशाख २१, सोमबार
काठमाडौंस्थित सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले आज वैशाख २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले जारी पूँजीको २५ प्रतिशत बराबर कुल ८ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ। त्यसमध्ये १० प्रतिशत अर्थात ८५ हजार कित्ता शेयर विदेशमा कार्यरत नेपालीका लागि छुट्याइएको छ। प्रति शेयर मूल्य १०० रुपैयाँ तोकिएको छ। इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन वैशाख २४ गते बैंकिङ समयपछि बन्द हुनेछ। यदि सो अवधिमा पूर्ण आवेदन नपरेमा म्याद जेठ ४ गतेसम्म लम्ब्याइने व्यवस्था गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

नियो खबर