+
Search

ताजा अपडेट +

पपुलर +

आइपीओ निष्कासनमा सरकार कडा, रवि लामिछाने: “जनताको पैसा डुब्न नदिन सतर्क छौं”

नियो खबर
२०८३ बैशाख २०, आईतवार
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जलविद्युत कम्पनीहरूको आइपीओ निष्कासनबारे सरकार अब कडा र स्पष्ट बन्ने बताएका छन्। आइतबार उद्योगी–व्यवसायीसँगको छलफलमा उनले जस्तोसुकै कम्पनीले आइपीओ जारी गर्ने प्रवृत्ति बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै जनताको लगानी सुरक्षित राख्न सरकारले कडाइ गर्ने बताए। उनका अनुसार घाटामा रहेका कम्पनीलाई आइपीओ निकाल्न अनुमति दिने काम अब नहुनेछ। “घाटामा रहेका कम्पनीलाई आइपीओ जारी गर्न दिएर जनताको पैसा डुबाउन दिने कुरा हुँदैन, यसमा सरकार पूर्ण रूपमा सतर्क छ,” उनले भने। सरकारले कमजोर वित्तीय अवस्था भएका कम्पनीहरूलाई आइपीओ जारी गर्न नदिने विषयमा स्पष्ट नीति लिने संकेत पनि उनले दिएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

नियो खबर