+
Search

ताजा अपडेट +

पपुलर +

विराटनगरस्थित एभरेष्ट स्कुलका सात विद्यार्थी सहित कुल १० जना राष्ट्रसंघको सभामा सहभागी हुन स्पेन प्रस्थान गर्दैछन्।

नियो खबर
२०८३ बैशाख २०, आईतवार

विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलका सात विद्यार्थी सहित १० जनाको टोली स्पेन जाने भएको छ।

स्पेनको बार्सिलोनामा जेठ २९ देखि ३१ गतेसम्म (जुन १२–१४) आयोजना हुने युरोपियन मोडल संयुक्त राष्ट्रसंघ (MUN) सभामा सहभागी हुन एभरेष्टका विद्यार्थीहरू प्रस्थान गर्न लागेका हुन्। यसअघि पनि एभरेष्टका विद्यार्थीहरूले विद्यालयस्तरमै संयुक्त राष्ट्रसंघको नमुना अभ्यास गर्दै आएका छन् र भियतनाममा आयोजित यस्तै अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागिता जनाइसकेका छन्। यसपटक युरोपियन मोडल सभामा नेपालका चार विद्यालयले सहभागिता जनाउनेछन्, जसमा काठमाडौंका अक्षरा, भ्याली पब्लिक र वेदिक विद्यालय तथा विराटनगरको एभरेष्ट स्कुल रहेका छन्। अमेरिका, युरोप, क्यानडा, टर्की, भारत र नेपालका करिब २० विद्यालयका विद्यार्थी सहभागी हुने उक्त कार्यक्रममा नेपालबाट झन्डै ३५ जना विद्यार्थी जानेछन्। ग्लोबल हेल्प फाउन्डेसनका महासचिव कुँवर दीपांकरका अनुसार तीमध्ये सात जना विद्यार्थी एभरेष्ट स्कुलका हुनेछन्। एभरेष्ट स्कुलका भाइस प्रिन्सिपल टी.एन. भण्डारीका अनुसार टोलीमा कक्षा ९ का सक्षम कर्ण, कक्षा १० का आन्या कोइराला, सुयम काफ्ले, श्वेश्ना कर्ण, कक्षा ११ का आर्जु सिग्देल, आयुस्मा जैसवाल र प्रेम खतिवडा सहभागी छन्। साथै गीता ढकाल तथा भाइस प्रिन्सिपलद्वय भण्डारी र कुन्दन पुरी पनि टोलीमा रहनेछन्। टोली २८ गते स्पेन पुग्नेछ। बार्सिलोना सम्मेलनपछि फ्रान्स, जर्मनी र स्वीट्जरल्याण्डमा दुई-दुई दिनको अवलोकन भ्रमणसमेत गराइनेछ। विद्यालयका अनुसार यस्तो अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागिताले विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्दै विश्वस्तरका जटिल समस्याहरू बुझ्न, तिनका समाधानका विकल्प खोज्न, नेतृत्व विकास गर्न तथा अन्तर्राष्ट्रिय नीति–नियमबारे गहिरो समझ बनाउन सहयोग पुर्‍याउनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

नियो खबर