बिहीबार साँझ बसेको संवैधानिक परिषद्को बैठकले डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश पदका लागि सिफारिस गरेको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा बसेको बैठकले शर्माको नाम अनुमोदनका लागि अघि बढाएको हो।
यसअघि न्याय परिषद्ले प्रधानन्यायाधीश नियुक्तिका लागि वरिष्ठताका आधारमा सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुँयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको थियो।
६ वैशाख २०७६ मा सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका शर्मा अब संसदीय सुनुवाइबाट अनुमोदन भएपछि प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नेछन्।

प्रतिक्रिया