राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ को नतिजा आगामी हप्ताको मंगलबारभित्र सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।
बोर्डका अनुसार उत्तरपुस्तिका परीक्षण, प्राप्ताङ्क इन्ट्री तथा प्राविधिक काम अन्तिम चरणमा पुगेको छ। सबै प्रक्रिया समयमै सम्पन्न भए नतिजा मंगलबारसम्म प्रकाशित गरिने तयारी रहेको बोर्ड स्रोतले जनाएको छ।
यस वर्ष देशभरबाट लाखौँ विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए। नतिजा सार्वजनिक भएपछि विद्यार्थीहरूले बोर्डको आधिकारिक वेबसाइट, एसएमएस तथा विभिन्न अनलाइन माध्यमबाट आफ्नो रिजल्ट हेर्न सक्नेछन्।

प्रतिक्रिया